site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टुक्रे बजेटबारे कोसीका आर्थिक मामिला मन्त्री : आवश्यकताले सानो रकम हालेका हौँ

विराटनगर । कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले योजना बैंकको श्रृखंला जोड्न मात्र प्रयास गरिएको बताएका छन् । उनले आवश्यकताले पाँच/दश लाख रुपैयाँका योजना पनि बैंकमार्फत नै आएकोले बजेटमा समेटिएको दाबी गरे ।
 
आर्थिक मामिला तथा योजना मन्त्रालयतर्फ विनियोजित बजेटको विषयमा प्रदेशसभामा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिदैँ उनले भने, “प्रदेशसभा सदस्य र स्थानीय तहबाट समेत समावेश भएकाले धेरै योजना परेका हुन् ।” 

थोरै बजेटले हुने र अधुरा योजनालाई समेत बजेट हाल्नु परेको उनले सदनसमक्ष जानकारी दिए । साना योजनालाई समेत संचालन गरिने उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोसी प्रदेशको योजना बैंकमा साना र टुक्रे योजना समेत समावेश भएको विषयमा प्रदेशसभामा समेत टिकाटिप्पणी भएको थियो । सरकारले ५० लाख रुपैयाँसम्मका योजनामा मात्र बजेट हाल्ने भन्ने घोषणा गरेको थियो । तर, बैंकको अवधारणा नै कोसीमा असफल भएको भन्दै प्रदेशसभा सदस्यहरूले नै आलोचना गरिरहेका छन् । कोसी प्रदेशको योजना बैंकमा ५० हजारभन्दा धेरै योजना प्रविष्ट गराइएको छ । 

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि प्रदेशसभामा छलफल जारी छ ।
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्