site stats
बाह्रखरी :: Baahrakhari
एकदिवसीय विश्वकप छनोट
घरेलु मैदानको लय जिम्बाब्वेमा पनि कायम राख्ने लक्ष्यमा नेपाल
घरेलु मैदानको लय जिम्बाब्वेमा पनि कायम राख्ने लक्ष्यमा नेपाल सन् २०२३ को मध्यसम्म विभिन्न उतारचढाव पार गरेको नेपाली क्रिकेट टिमले घरेलु मैदानमा अविश्वसनीय प्रदर्शन गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्वभाविक लयका लागि संघर्षरत नेपाली टिमको भाग्यमा मोन्टी देसाई मुख्य प्रशिक्षकमा नियुक्त भएपछि एकाएक कायापलट भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम १२ खेल बाँकी रहँदा पनि नेपाली शीर्ष तीनमा रहने सम्भावना कायम थियो । तर, त्यसका लागि १२ खेलमध्ये १० खेलमा जित निकाल्नुपर्ने कठिन चुनौती थियो ।