site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले पनि अमेरिकाको सहयोगी देशहरूलाई सम्मान गर्नेछन् : ओबामा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामा ले नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि पनि अमेरिकाको अन्तर्राष्ट्रिय गठबन्धनलाई सम्मान गर्ने भनेर सहयोगी देशहरूलाई आश्वस्त पारेको बीबीसीले जनाएको छ ।
ओबामाका अनुसार ट्रम्पले नेटो र अमेरिकी सम्बन्धप्रति रुची देखाएको पनि बताएका छन् ।
राष्ट्रपतिका रूपमा आफ्नो अन्तिम विदेश भ्रमण अगाडि ह्वाइट हाउसमा आयेजित एक पत्रकाकार सम्मेलनमा बराक ओबामाले अमेरिका र सहयोगी देशहरूको चिन्ता हटाउने कोशिस गरेका थिए ।
अमेरिकाका सहयोगी देशहरूलाई डोनल्ड ट्रम्प निर्वाचित भएपछि अब के हुन्छ र ट्रम्पको नीति कस्तो हन्छ भन्ने अन्योल छाएको छ ।
तर उक्त पत्रकार सम्मेलनमा  आबामाले ट्रम्पलाई चुनाव अभियानपछि  जनतामा भएको तिक्ततालाई कम गर्न एकताको सन्देश दिने खालको सांकेतिक काम गर्न आह्वान गरेका छन् ।
उनले डोनाल्ड ट्रम्पसँग आफ्नो पनि केही चिन्ताहरू भएको भन्दै उनले  आफ्ना डेमोक्रेटिक पार्टीका समकक्षी नेताहरूलाई
चुनावको परिणामलाई स्वीकार गरी प्रजातन्त्रले कसरी काम गर्छ भन्ने उदहरण पेश गर्न पनि आगेह गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा ट्रम्पको रणनीतिकारको रूपमा नियुक्त भएका विवादास्पद स्टिभ बान्नोनको विषयमा भने टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ०९:२१
प्रतिक्रिया दिनुहोस्