site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको जीतपछि अमेरिका भित्रिने विदेशी विद्यार्थीमाथि रोक लाग्न सक्छ : विज्ञ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयपछि उच्च शिक्षा अध्ययनका लागि अमेरिका भित्रिने विदेशी विद्यार्थीमाथि रोक लाग्ने वा निरुत्साहित गर्न सक्ने र यसबाट अमेरिकी अर्थतन्त्रलाई करिब ३५ अर्ब डलरको जोखिम हुन सक्ने विज्ञहरुले बताएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
अमेरिकामा राष्ट्रपति चुनाव प्रचार अभियानका बेला ट्रम्पले आप्रवासन रोक्ने, मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने र मुसलमानलाई पुनर्दर्ता गराउन बाध्य पार्नेेजस्ता अभिव्यक्तिका कारण उच्च शिक्षाका विज्ञहरुले बाहिरका विद्यार्थीहरुले अमेरिकालाई कम स्वागत गरिने गन्तव्यको रूपमा हेर्ने बताइएको छ ।
चुनाव प्रचार अभियानका क्रममा अन्तरराष्ट्रिय विद्यार्थीहरूबीच गरिएको एक सर्वेक्षणले ट्रम्प राष्ट्रपति बनेका खण्डमा धेरै मानिसहरु अमेरिका भित्रिन कम इच्छुक भएको पाइएको थियो ।
उक्त सर्वेक्षण एफपीपी इडियू मिडियाले ११८ देशका ४० हजार बिद्यार्थीहरुसँग गरेको थियो । उक्त अध्ययनमा ६० प्रतिशतले ट्रम्प राष्ट्रपति बनेका खण्डमा अमेरिका आउन कम इच्छुक हुने बताएका थिए भने हिलारी क्लिन्टनले जितेको खण्डमा मात्र ३.८ प्रतिशतले मात्र अमेरिका आउन कम इच्छुक हुने बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १२:४३
प्रतिक्रिया दिनुहोस्