site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडाैं । संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा आज अपराह्न सो विषयमा कुराकानी भएको थियो ।

उनीरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । प्रधानमन्त्रीले भने, “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो, उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम’  दिएपछि सो विषयमा सहमति जुटाउन उहाँले सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच कुराकानी तीव्र बनाइरेका छन् । साथै, मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ ।

रासस

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १३:४८
प्रतिक्रिया दिनुहोस्