site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी यू–१६ : जापानविरुद्ध बलिङ गर्दै नेपाल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । योसँगै नेपालले पहिला बलिङ गर्दै छ ।

नेपाल र जापानले दोस्रो खेल खेल्दै छन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । जापानले भुटानलाई हराएको थियो ।

एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । रासस
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्