site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीमांकन, राष्ट्रिय सभा र नागरिकतामा तीन दलको बैठक केन्द्रित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । व्यवस्थापिका संसद्का प्रमुख तीन दलले छलफल सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको तीन दलको बैठकमा सीमांकन, राष्ट्रिय सभा र नागरिकताका विषयमा छलफल भएको थियो । 
“छलफल सकारात्मक भयो,” बैठकपछि पत्रकारहरुसँग माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, “प्रधानममन्त्रीले राष्ट्रिय सभा, नागरिकता र सीमांकनका विषयमा छलफलमा जोड दिनुभयो ।”
मधेसी मोर्चाले उठाउँदै आएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न बसेको शीर्ष तीन दलको बैठकमा सबै दलका नेताले आआफ्नो दलकोतर्फबाट धारणा राखेका थिए । 
मोर्चाले आफ्नो माग सम्बोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल तीव्र पारेका छन् ।   
बैठकमा पधानमन्त्री पुष्पकमल दाहालसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता विमलेन्द्र निधि र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए ।
 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  ११:१२
प्रतिक्रिया दिनुहोस्