site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
एक दिनमा ५ लाख पटक हेरिएको गीत (भिडियोसहित)

काठमाडौं । हेमन्त रानाको गीत ‘साइली’ एक दिनमा ५ लाख पकट युट्युबमा हेरिएको छ । अहिले भने यो गीत सात लाख पटक सर्च भइसकेको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा शब्द कालीप्रसाद बास्कोटा र हिमाल साउदको रहेको छ भने संगीत पनि कालीप्रसादकै छ ।  

रिकेश गुरुङले एरेन्ज गरेको गीतको भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिन गरेका छन् । उज्वल जोशीले भिडियो खिचेका हुन् भने निर्देशन हेमन्त राना स्वमको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिडियो दुवई र काठमाडौंमा छायांकन गरिएको छ । गीतमा वैदेशिक रोजगारीले नवविवाहिता जोडीको विछोडको पीडालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७३  १६:३६
प्रतिक्रिया दिनुहोस्