site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृह मन्त्रीले तीनवटै सुरक्षा निकाय प्रमुखलाई एकैठाउँ राखेर सोधे– सप्तरीमा गोली किन चलाइयो ?

काठमाडौं । गृह मन्त्री विमलेन्द्र निधिले सप्तरी घटनाका बारेमा तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर जानकारी माग गरेका छन् ।  कैलालीमा रहेका गृह मन्त्री निधिले मंगलबार बिहानै काठमाडौं आएर सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।

प्रहरी मुख्यालय नक्सालमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाइ बोलाएर सप्तरीमा गोली चलाउनुपर्नाको कारण माग गरेका थिए ।
स्रोतका अनुसार गृह मन्त्री निधिले सुरक्षा निकायबाटै कमजोरी भएको औंल्याएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आन्दोलनकारीलाई नियन्त्रणमा लिने र उनीहरुलाई तर्साएर स्थिति सामान्य गर्नुपर्ने बेला ताकी ताकी गोली नै चलाउनु गलत भएको भन्दै गृह मन्त्रीले सुरक्षा निकायको लापरवाही देखिएको भन्दै आक्रोश व्यक्त गरेको स्रोतले जानकारी दियो ।

“गृह मन्त्री निकै झोंक्किनुभयो,” बैठकमा सहभागी नेपाल प्रहरीका एक अधिकारीले गृह मन्त्रीको भनाई उद्धृत गर्दै भने, “आन्दोलन हुन्छ, विरोध हुन्छ तर त्यसलाई कसरी नियन्त्रणमा लिने र कसरी व्यवस्थापन गर्ने भन्ने नेतृत्वमा बस्नेले ध्यान दिने हो । अन्दोलनकारीले ढुंगा हान्दैमा प्रहरीले गोली नै हान्नु हुँदैनथ्यो ।”

बैठकमा सुरक्षा निकायका प्रमुखले भीड नियन्त्रणका अनेक उपाय अपनाउँदा पनि नभएको र आफूहरुलाई ताकेर पेट्रोल बम प्रहार गरिएपछि गोली चलाउनुपरेको बताएका थिए ।

अश्रुग्यास, हवाई फाएर गर्दा समेत स्थिति बाहिर गएपछि झन जटिल बन्ने अवस्था आएका कारण गोली चलाउनुपरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले जवाफ दिएको स्रोतले बतायो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७३  १३:५९
प्रतिक्रिया दिनुहोस्