site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
   भरतपुर महानगरलाई चीनद्वारा ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग 

चितवन । भरतपुर महानगरपालिकालाई चीनबाट कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६ सय डलर (९ लाख रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो  ।

मेडिकल प्रोटेक्टिभ मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार भरतपुर महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख दाहालले कोभिड १९ विरुद्ध लड्न मित्रराष्ट्र चीनबाट निरन्तर सहयोग मिलेको बताउँदै भनिन्, "आवश्यक पर्ने स्वास्थ्य सामग्रीले भरतपुर महानगरलाई कोभिड विरुद्ध लड्न सहयोग गर्नेछ," उनले भनिन । महामारीको बेला स्वास्थ्य सामग्री सहयोगले जनस्तरमै सुमधुर सम्बन्ध कायम हुने उनले बताइन । 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मित्रराष्ट्र चीनबाट स्वास्थ्य सामग्रीहरु निरन्तर सहयोग प्राप्त हुने अपेक्षा समेत गरिएको छ । विपदको समयमा यति ठूलो संख्यामा स्वास्थ्य सामग्री आउनुलाई सुखद संकेत मिलेको र कोभिड १९ विरुद्ध लड्न थप हौसला प्राप्त भएको प्रमुख दाहालको भनाइ थियो  ।  यसअघि भरतपुर महानगरपालिकालाई चीनको गुर्मु सिटीले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगीनी सम्बन्ध कायम भएको छ ।

गुर्मु सिटीले यसअघि कोभिड– १९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  २२:५६
प्रतिक्रिया दिनुहोस्