site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्रीसमक्ष गुनासै गुनासा–जग्गा हडप्नेदेखि ट्राफिक जामसम्म 

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आफुले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि बनाएको गुनासो सुनुवाई युनिटमा ५ सय ५९ वटा उजुरी परेका छन् ।
गृहमन्त्रीले सार्वजनिक गरेको गृहप्रसाशन सुधार अभियान अन्तर्गत स्थापना गरिएको गुनासो सुनुवाई युनिटमा उक्त उजुरीहरु परेका हुन् ।  शुक्रबार गृहमन्त्रालयमा पत्रकारहरुसँगको छलफलमा गृहमन्त्री शर्माले गृह सुधार अभियान अन्तर्गत स्थापना गरेको युनिटमा परेका उजुरीका बारेमा जानकारी दिएका हुन् । 

उनका अनुसार टेलिफोन र सामाजिक सञ्जालमार्फत आएका उजुरीमा जग्गा हडपेकोदेखि उपत्यकामा हुने ट्राफिक जामका गुनासा आउने गरेका छन् । यसरी आउने गुनासालाई सम्बन्धित निकायमा पठाएर कार्यान्वयन गराउँदै आएको जानकारी दिए । 

“गृहप्रशासन सम्वन्धी गुनासोहरु आउन् भन्नका लागी हामीले युनिट स्थापना गरेका थियौं,” उनले भने, “तर वैदेशिक रोजगारीमा ठगीएकादेखि जग्गा हडपेकासम्म उजुरी आउन थाले । ति उजुरीलाई सम्बन्धित निकायमा पठाएका छौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुण्डागर्दी र संगठित अपराध रोकथाम गर्न कडा काुनन् बन्दै 
 

गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी अन्त्य र संगठित अपराध न्यूनिकरणका लागि कडा कानुनको व्यवस्था गर्न लागेको बताए ।

शर्माले भने, “अहिले भएको कानुनले गुण्डा र संगठित अपराधलाई न्यूनीकरण गर्न मुस्किल भएको छ, यसलाई अन्त्य गर्न कडा कानुन चाहिएको छ, मन्त्रालय उक्त कानुन बनाउन जुटेको छ, केही दिनमा त्यो कुरा पुरा हुन्छ ।”

त्यसैगरी साईबर क्राईम रोकथाम गर्न र त्यसलाई प्रभावकारी बनाउन पनि एक छुट्टै ब्यूरो बनाउने तयारीमा गृहमन्त्रालय जुटेको मन्त्री शर्माले बताए । 
“साईबर क्राईमले जरा गाड्न थालेको छ,” मन्त्री शर्माले भने, “त्यसलाई रोकथाम गर्न र प्रभावकारी बनाउन उचित कानुन र स्रोतसाधन छैन । त्यसमा गृहको ध्यान केन्द्रीत भएर हामी योजना बनाउँदैछौं ।”

अपराध रोकथाम गर्न काठमाडौंबाट विषेश अभियानको थालनी 
 

गृहमन्त्री शर्माले अपराधको केन्द्र काठमाडौं रहेको भन्दै रोकथामको सुरुवात पनि काठमाडौंबाटै गरिने बताए । त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरी विषेश अभियान चलाउने तयारी भईरहेको पनि मन्त्री शर्माले बताए ।

उनले विभिन्न आन्दोलन र विरोध गर्ने थलोको रुपमा शान्तिवाटिका बनाउने पनि जानकारी दिए ।

गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी बनाउने दाबी गरे । “सूचना प्रविधिको विकास कहाँदेखि कहाँ पुगिसक्यो, अपराधीहरु सूचना प्रविधिसँग खेलेर अपराध गर्छन, प्रहरी दौडेर हुँदैन, प्रहरीलाई पनि प्रविधियुक्त बनाउन जरुरी छ,” उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १७:५१
प्रतिक्रिया दिनुहोस्