site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरमा प्रहरीसँग हानाहान, खत्रीले कन्चटमा आफैँ गोली हाने !

काठमाडौं । ललितपुर कुसुन्तीमा प्रहरी र लागूऔषध तस्करबीच दोहोरो हानाहान भएको छ । गोली लागेर लागुऔषध कारोबारमा संलग्न प्रवीण खत्रीको मृत्यु भएको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरीले खत्रीलाई विशेष सूचनाका आधारमा पक्राउ गर्न खोज्दा उनले आफैँले आफ्नो कन्चटमा गोली प्रहार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुईवटा पेस्तोल बोकेका खत्रीले पहिले प्रहरीमाथि गोली चलाएका थिए ।  खत्रीसँग हतियार रहेको रहेको जानकारी पाएर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै गोली हानेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने पक्का भएपछि आफ्नो कन्चटमा आफैँ गोली हानेको एसएसपी अमात्यले बताए । महाशाखाको टोलीले उनी लुकेको घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेको र प्रहरीलाई समेत गोली प्रहार गर्दै भाग्दै गरेका बेला उनी आफैँले गोली प्रहार गरेको एसएसपी अमात्यले बताए ।

गोली लागी घाईते अवस्थामा रहेका खत्रीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले चलाएको गोली खत्रीको घुँडाभन्दा तल लागेको प्रहरीले जानकारी दियो ।
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७४  १५:४५
प्रतिक्रिया दिनुहोस्