site stats
बाह्रखरी :: Baahrakhari
विदेश
द्रौपदी मुर्मूले लिइन् शपथ ग्रहण, भारतका लागि भावनात्मक क्षण

नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मूले शपथ ग्रहण गरेकी छन् । शपथ ग्रहणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै मुर्मूले सोमबार भारतले स्वतन्त्रताको ७५ वर्ष पूरा गरिरहेको बेला पदभार सम्हाल्न पाउँदा आफू सम्मानित भएको बताएकी छन् ।

स्वतन्त्र भारतमा जन्मने आफू पहिलो राष्ट्रपति भएको उनले जानकारी दिइन् । संसदमा आफ्नो स्वीकृति भाषणमा मुर्मूले भनिन्, “राष्ट्रपति पदमा पुग्नु मेरो व्यक्तिगत उपलब्धि होइन, यो भारतका हरेक गरिबको उपलब्धि हो । मेरो चुनाव भारतका गरिबहरूले सपना मात्रै होइन, ती सपनाहरू पूरा गर्न पनि सक्छन् भन्ने प्रमाण हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुर्मूको शपथ ग्रहण समारोहलाई विशेषगरी ‘भारतका गरिब, सीमान्तकृत र दलितहरूका लागि भावनात्मक क्षण’भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिलाई उनको कार्यकालका लागि शुभकामना दिए । 

शपथ ग्रहणपछिको सम्बोधनमा मोदीले राष्ट्रपति मुर्मूले आशा र करुणाको सन्देश दिएको भारतीय समाचार संस्था इण्डियन एक्स्प्रेसले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्