site stats
बाह्रखरी :: Baahrakhari
देश
किन बढिरहेको छ आईसीयूमा कोरोना संक्रमितको संख्या ?
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी

काठमाडौं । पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या दैनिक ३०० भन्दा धेरैले थपिरहेको छ । साउनको पहिलो साता नै देशभर दुई हजार ५६५ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय अहिले संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये १४२ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । अस्पतालमा रहेकामध्ये आइतबारसम्म २२ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोस्रो लहरको संक्रमणमा अक्सिजन नपाएकै कारण धेरैले ज्यान गुमाउनुपरेकाले यसपटक भने अक्सिजन चाहिने संक्रमितलाई सिधै आईसीयूमा भर्ना गर्ने गरिएको वीर अस्पतालका कोभिड कन्सल्टेन्ट डा. अच्युत कार्की बताउँछन् ।

"यसअघिका लहरहरूमा बचाउन सकिने संक्रमितहरूको पनि अक्सिजनकै अभावमा अकालमा मृत्यु भयो । यसपटक भने अक्सिजन चाहिने संक्रमितलाई सिधै आईसीयूमा भर्ना गर्ने गरिएको छ । त्यसैले पनि आईसीयूमा संक्रमितको संख्या धेरै देखिएको हो," डा. कार्कीले भने ।

यसरी आईसीयूमा राखिएका बिरामी केही दिनमा नै संक्रमणमुक्त भई डिस्चार्ज हुने गरेका छन् । वीर अस्पतालमा आइतबारसम्म ६ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा उपचाररत छन् ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्