site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
मुस्ताङमा गल्फ कोर्सको उद्घाटन, श्याम तामाङले जिते उपाधि 

काठमाडौं । विश्वकै सबैभन्दा उचाई लोमान्थाङमा बनाइएको मुस्ताङ गल्फ कोर्सको शनिबार औपचारिक उद्घाटन गरिएको छ । ४ हजार ६ सय ४५ मिटर उचाईमा बनाइएको गल्फ कोर्सको उद्घाटन प्रतियोगितामा श्याम तामाङले उपाधि जितेका छन् । त्यस्तै महिलातर्फ भने सुष्मा सिंह उपाधि जित्न सफल भइन् ।

golf2.JPG

छिट्टै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिने भनिएको मुस्ताङ गल्फ कोर्षमा शनिबार ८१ वर्षीया महिला गल्फर डा. रिता थापाले ‘टी–अफ’ गर्दै कोर्स र प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

golf6.JPG

३६ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगिता गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले नेतृत्त्व गरेको टोलीले पहिलो होलबाट प्रतियोगिता थालेका थिए । 

golf1.JPG

श्याम तामाङले ९ होलमा २२ अंक जोड्दै विजेता बने । बलराम थापा २० अंकका साथ उपविजेता भए । रविन्द्र सैनीले १४ ग्रस अंक जोड्दै उत्कृष्ट ग्रसको उपाधि जितेका थिए । 

golf5.JPG

महिलातर्फ सुष्मा सिंह १५ अंकका साथ विजेता बन्न सफल भइन् । रविन्द्र सैनीले ‘लङ्गेष्ट ड्राइभ’ श्याम सिम्खडाले ‘क्लोजेष्ट दु द पिन’को उपाधि जिते । तेस्रो होलमा राखिएको ‘होल–इन–वन’ उपाधि कसैले जित्न सकेनन् । 

golf3.JPG

लोमान्थाङ गाउँपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगिता ३÷४ ह्याण्डीक्यापसहित स्टेबलफोर्ड ढाँचामा खेलाइएको थियो ।  

golf4.JPG

कार्यक्रममा मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङ, नागेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ सेनफेल विष्ट लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए । खेम्पो सेवाङ रिङ्चेनले सबै सहभागीहरुलाई प्रशंसा पत्र प्रदान गरे ।

golf9.JPG

golf8.JPG

golf8.JPG

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्