site stats
बाह्रखरी :: Baahrakhari
देश
८८ किलो सुन आयातमा संलग्न पाँचजना सुन व्यापारी पक्राउ 

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट केही दिन अघि समातिएको ८८ किलो सुन आयात सम्बन्धमा छानविन गर्न प्रहरीले ५ जना व्यापारीलाई पक्राउ गरेको छ ।
उनीहरु पाँचैजना सुन व्यापारी भएको प्रहरीले जनाएको छ ।

८८ किलो सुनबारे अनुसन्धान गर्न समिति गठन

अनुसन्धानका क्रममा आयात गरिएको सुन उनीहरुमार्फत खपत हुने देखिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा गणेश दत्त बडु (कार्य विनायक सुनचाँदी गहना पसल, रञ्जना ट्रेड सेन्टर,) सत्यनारायण अग्रवाल (रविश्याम ट्रेडर्स नरदेवी),  शुभरत्न शाक्य (शाक्य सुनचाँदी पसल बाङ्गेमुडा), उल्लास दिनकर सालुखे (सिद्धनाथ सुनचाँदी खार्नी, ओटु) र नन्द कुमार मर्गले (पशुपति सुनचाँदी खार्नी पसल, ओटु) रहेका छन् ।

गाडीभित्रको ८८ किलो अवैध सुन निकाल्न ४ घण्टा लाग्यो ! चिनियाँ नागरिक फरार 

“यो आयात भएको सुन यिनीहरुकहाँ खपत हुने देखियो,” महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, “यी बाहेक अरु पनि हुन सक्छन् । हामी अनुसन्धानकै क्रममा छौं ।”

पक्राउ परेका पाँचैजनासँग अनुसन्धान थालिएको उनले बताए ।

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद (अपडेट)

 

८८ किलो सुनका मालिक भगाउन नेताको सक्रियता !  वानजस्ता १० तस्कर ठमेलमै सक्रिय  

 

काठमाडौंमा दैनिक सय किलो अवैध सुन भित्रिन्छ ! कहाँ जान्छ यतिधेरै सुन ?

 

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १५:०१
प्रतिक्रिया दिनुहोस्