site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँचथरमा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीनजना गम्भीर घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पाँचथरमा एउटा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालकसहित नौजना घाइते छन् ।

आज बिहान करिब ८ बजे मे१ज २९५८ नम्बरको भ्यान दुर्घटना भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार दुर्घटनामा पाँचथरकै फालेलुङ गाउँपालिका–८ का ३० वर्षीय साजन केरुङको मृत्यु भएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

“गम्भीर घाइतेहरूलाई झापा पठाइसकिएको छ । सामान्य घाइतेहरूको यहीँ जिल्ला अस्पतालमा उपचार भइरहेको छ,” उनले बाह्रखरीसित भने, “फालेलुङबाट फिदिम आउँदै गरेको मे१ज २९५८ नम्बरको भ्यान दुर्घटना भएको हो ।”

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्