site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम दिइने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ ।

वि.सं. २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनिको बास भएको गुनासो बढेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकबाट सो निर्णय गरिएको हो ।

वि.सं. २०७८ र २०७९ मा गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा उक्त अनुदानको रकम दिने निर्णय गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ ।

वि.सं. २०७८ जेठमा लमजुङ, २०७८ साउनमा खोटाङ, २०७९ माघमा बाजुरा र २०७९ कात्तिकमा डोटी केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, अछाम, बाजुरा, बझाङ, डडेलधुरा तथा डोटीका पाँच हजार ८८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्