site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘बिग फोर’ प्रतिद्वन्द्वीले मलाई बलियो बनायो : जोकोभिच

काठमाडौं । नोभाक जोकोभिचले आफूलाई रोजर फेडेरर, राफेल नाडाल र एन्डी मरेजस्ता कठिन प्रतिद्वन्द्वीले बलियो बनाएको बताएका छन् । आइतबार इटालियन ओपनको अन्तिम–१६ मा स्थान बनाएपछि जोकोभिचले समकालीन ‘बिग फोर’को प्रतिद्वन्द्वीका कारण आफूमा अझ निखारता आएको बताएका हुन् । 

३५ वर्षे जोकोभिचले आइतबार ग्रिगोर दिभित्रोभलाई २–१ को सेटमा हराउँदै इटालियन ओपनको अन्तिम–१६ मा स्थान बनाएका हुन् । दुई घण्टाभन्दा बढी चेलेको भिडन्तमा जोकोभिचले ६–३, ४–६, ६–१ को स्कोरमा विजय हासिल गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भाग्यवस, खेल करिअरको कठिन परिस्थितिमा खेल्दा मैले हारभन्दा धेरै जित हासिल गरेको छु,” जोकोभिचले भने, “केही वर्षयता जब मलाई त्यो अन्तिम चरणमा पुग्न वा ग्रान्डस्लाम जित्न आवश्यक पर्यो । मैले त्यो गर्न सकिनँ । त्यसबाट मैले धेरै कुरा सिकेँ । विशेष गरी फेडेरर, नाडाल र मरेसँगको प्रतिस्पर्धाका कारण म बलियो भएँ ।”

जोकोभिच, फेडेरर, नाडाल र मरेलाई टेनिसमा ‘बिग फोर’को उपमाबाट चिनिन्छ । किनभने उनीहरूले संयुक्त रुपमा ६७ ग्राण्डस्लामको उपाधि जितेका छन् । टेनिसमा पछिल्लो दुई दशक यिनै चारजनाको अभुतपूर्व प्रभुत्व बर्चश्व रहेको छ । त्यसमा केही अविस्मरणीय खेलहरूमा संलग्न छन् ।
 
“खेलिरहनु धैर्य गर्नु तथा प्रक्रिया र यात्रामा विश्वास गर्नु, “ जोकोभिच भन्छन्, “तपाईंका लागि कुन कुराले राम्रो काम गर्छ । मानसिक, शारीरिक र भावनात्मक रूपमा तपाइँको जित्ने सूत्र के हो ? भनेर बुझ्ने र त्यसपछि यसलाई अडिग रहनुपर्छ ।”

जोकोभिच यसै महिनाको अन्त्यमा हुने फ्रेन्च ओपनमा कीर्तिमानी २३औँ ग्राण्डस्लाम जित्ने लक्ष्यमा हुनेछन् । त्यसको तयारी स्वरूप जोकोभिचले मंगलबार रोममा हुने क्वार्टरफाइनलमा स्थान बनाउन बेलायती क्यामरुन नोरीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्