site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अमरेश र प्रेम सुवालको व्यवस्थापन हुन नसक्दा संसद् बैठकमा ढिलाइ 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अझै सुरु भएको छैन । बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, मध्याह्न १२ बज्दा समेत बैठक सुरु हुन सकेको छैन ।

आजै प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । एक सांसद भएका दल र स्वतन्त्रमध्ये कसले प्रश्न सोध्ने भन्नेबारे समिति बैठकमा तय हुन नसकेको एक सदस्यले बाह्रखरीलाई जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेसँग नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने दाबी प्रस्तुत गरेका थिए ।

उनीहरूले प्रश्न सोध्न नपाए सदनमै विरोध गर्ने बताएपछि सभामुखले उनीहरूसँग छलफल गरिरहेका छन् । सोही कारण बैठक बस्न ढिलाइ भएको समितिका ती सदस्यले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्