site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको समयमा हावादारी कार्यक्रमले मात्रै प्राथामिकता पाएको थियो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा हावादारी कार्यक्रमले प्राथामिकता मात्र पाएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले घरघरमा ग्यासको पाइप, मिति तोकेर रेलको टिकट काट्ने जस्ता हावादारी कार्यक्रमले प्राथामिकता मात्र पाएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सक्ने भए संसद्मा आफू प्रधानमन्त्री हुँदा के के काम गरेको छ, त्यसको हिसाब सबै प्रधानमन्त्रीले बुझाउन तयार हो भन्दै प्रश्न पनि गरे ।

“राम्रो के हुन्थ्यो भने संसद्मै प्रधानमन्त्रीहरूकै बीचमा पनि आआफ्नो कार्यकालमा क–कसले के के गरे, सब ल्याएर मूल्यांकन यही संसद्ले गर्दिए हुन्छ । म तयार छु, मैले त थोरै पानामा लेखेर पनि ल्याएको छु,” उनले भने, “म पनि प्रधानमन्त्री भइसकेको मान्छे, गरिएका कामहरूको किन चर्चा गरिँदैन भन्ने अरूलाई लागेको होला, पर्यो होला त्यस्तै । तर, नगरेको वा गलत कुराको आलोचनाको पनि सहन सक्नुपर्छ । हाम्रो पालामा तिथिमिति तय गरेर हावादारी कार्यक्रम पनि आए । भनियो यो मितिमा टिकट काट्नुस्, बिजुलीको रेल चढ्नु् । यस्ता हावादारी कुुरा ल्याउन हुँदैन । घरघरमा ग्यास खोइ ग्यास ?”

उनले ल्याउने, सिकाउने, टिकाउने जस्ता कुराहरू लेखेर बजेट र नीति कार्यक्रम ल्याउनुमात्र होइन, त्यसको कार्यान्वयन कति हुन्छ भन्दै प्रश्न पनि उठाए ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्