site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय दूधलाई काखा र स्वदेशीलाई पाखा नगरौँ : सांसद डाँगी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निशा डाँगीले भारतीय दूधलाई काखा गरेर स्वदेशी दूधलाई पाखा लगाएको भन्दै आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले किसानलाई निरूत्साहित गर्ने यस्ता शृंखलाबद्ध खेल बन्द हुनुपर्ने माग गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भारतीय दूधलाई काखा, स्वदेशीलाई पाखा शीर्षकको समाचारप्रति नेपाल सरकारको ध्यानकर्षण चाहेँ । समाचारले डडेलधुराका गाउँका बारेमा चर्चा गरेको छ, जहाँका १,५०० बढी घरधुरीले गाईभैँसी पालेका छन् । तर, उनीहरूका गाईभैँसीले दिएको दूधले बजार पाएका छैनन् । यता, किसान मारमा परेका बेला, सहरी क्षेत्रमा दूधको अभाव भयो भन्ने बहाना बनाएर दैनिक एक लाख ५० हजार लिटरभन्दा बढी दूध भारतबाट आयात गर्ने चलखेल भएको छ,” उनले भनिन्, “भारतबाट दूध आयात गरेर नेपालमा मिल्क होलिडे गरेर किसानलाई मार्ने खेल भइरहेको छ । अवस्था डडेलधुराको मात्र होइन, देशभरि यस्तै छ । हाल नेपालमा उत्पादित ८५ प्रतिशत बढी दूधले बजार पाउन सकेका छैनन् । बजार नपाएरै पटक–पटक किसानले सडकमा दूध पोखेर आन्दोलन गरेको मैले देखेकी छु ।”

उनले किसानका गोठभरि गाईभैँसी भएको र दूध खेर गइरहेको तर सहरमा दूध अभाव भयो भनेर भारतबाट आयात गर्न खोजिएकामा सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्