
सिड्नी । नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका निम्ति आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘सिड्नी आध्यात्मिक महोत्सव २०२५’ आयोजना गरिने भएको छ । अस्ट्रेलियाको सिड्नीमा पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष विष्णु हमालले यसको निर्माण सिड्नीमा रहेका सम्पूर्ण नेपालीको साझा सपना भएको उल्लेख गरे । सिड्नीमा उक्त आध्यात्मिक महोत्सव आउँदो अगस्ट २९ देखि ३१ तारिखसम्म आयोजना गरिने उनले बताए ।
महोत्सवमा नेपालबाट प्रविण दीनबन्धु पोखरेल र सिड्नीस्थित बौद्ध लामा गुरुहरूको उपस्थिति रहनेछ । महोत्सवको पहिलो दिन एक हजार आठ कलशसहितको यात्रा गरिनेछ ।
सिड्नीमा नेपाली समुदायको पहिचान झल्कने साझा बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने उक्त संस्थाको उद्देश्य छ ।