site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमत पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । डा सिके रावत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

जनमतले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको सो पार्टीका सचिव अनिता साहले जानकारी दिइन् । 

जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्