site stats
बाह्रखरी :: Baahrakhari
देश
३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर, २८ करोड ८१ लाख ठगी पुष्टि भएको दाबी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलले ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेका छन् ।

ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा ४३ को एकीकृत कसुर, दफा ५१ को राष्ट्रिय हितविपरीतको कसुर, दफा २४९ को ठगीको कसुर, दफा २७६ को सरकारी लिखत किर्तेसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ बमोजिमको संगठित अपराध भएको दाबीसहित मुद्दा दायर भएको उल्लेख छ ।

बुधबार सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्