site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘सांसद बन्न तीन करोड खर्चिएको भन्ने समाचारमा सत्यता छैन, पार्टी र  मेरो चरित्रहत्या गर्ने काम भयो’  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित समाचार सञ्चारमाध्यहरूले सम्प्रेषण गरेको आरोप लगाएका छन् । 

उनले उक्त विषयमा आफू कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको बताएका छन् । “मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निस्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्वन्धित मिडियाको ध्यानाकर्षण गराउन चाहान्छु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “मिडियाहरूले यस्ता भ्रामक तथ्यहिन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयंम आफैँ कानुनी प्रक्रियामा जान वाध्य हुनेछु ।” 

ढाकाकुमारको सांसद पदसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार
dhaka1685071558.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्