site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस प्रमुख सचेतक भन्छन्– भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोड्न मिल्दैन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसा दिएर देशबाहिर गएकाले मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताए ।

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजनसमेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनको भनाइ छ ।

उनले भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई फिर्ता हुन गाह्रो भइरहेको पनि जिकिर  गरे । वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने उनकफ भनाइ छ । उनले संसद्‌मा देखिएको समस्या केही दिनमै समाधान हुने बताए ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्