site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा 

काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्धको सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

रिट १४औँ नम्बरमा परेको छ । मंगलबार दर्ता भएको रिटमा आज प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको हो । 

आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ जनालाई आममाफी दिन सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए ।

गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्