site stats
बाह्रखरी :: Baahrakhari
देश
बजेटले सुर्तीजन्य पदार्थलाई संरक्षण र प्रवद्धन गर्ने भन्दै तत्काल सच्याउन माग

काठमाडौं । आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्य सुर्तीजन्य पदार्थलाई संरक्षण र प्रवद्धन गर्ने गरी आएको भन्दै तत्काल सच्यानुपर्ने माग भएको छ । सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा लामो समयदेखि कामा गर्दै आएको ‘एक्सन नेपाल’ नामक संस्थाले यस्तो माग उठाएको हो ।

“बजेटमा २.५ देखि ४ प्रतिशतसम्म मात्रै कर वृद्धि गरेको देखिए पनि मुद्रास्फीति दर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घट्ने देखिएको छ । यो पछिल्लो १० वर्षयताकै न्यून हो,” एक्सन नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वार्षिक २७ हजार बढी नागरिकको ज्यान लिइरहेको सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्नुको साटो संरक्षण गर्ने भएकाले बजेट तत्काल सच्याउनुपर्ने एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द बताउँछन् ।

नेपालमा हाल सुर्तीजन्य पदार्थमा कर दक्षिण एसियाकै सबैभन्दा कम ३३.२५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि जेनेभामा भएको डब्लूएचओको ७६औँ महासभामा सुर्तीजन्य पदार्थको कर समयानुकूल बढाउने प्रतिवद्धता जनाएका थिए ।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर डब्लूएचओको मापदण्ड नजिक पु¥याउने विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको पटकपटक बताउँदै आएका छन् । डब्लूएचओको मापदण्डमा सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत छ । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्