site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न कार्यकारी अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् ।

सहकारीको आठ करोड १८ लाख ८९ हजार ७९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको आरोपमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखाको पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

उक्त संस्थाका बचतकर्ताहरूबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप संकलन गरी संस्थाका सञ्चालकहरूले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरेको प्रहरीले जनाएको छ ।

बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको भनेर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वाग्मती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्