site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले दर्ता गरायो संकल्प प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कार्यक्रम खारेज गर्नुपर्ने मागसहित संकल्प प्रस्ताव दर्ता गरेको छ । पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले कोष खारेज गर्नुपर्ने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता मुकुल ढकालले दिएको जानकारीअनुसार अहिलेको आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम भएकाले कोष खारेजीको माग गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सांसद विकास कोषमार्फत प्रत्येक सांसदले पाँच करोड पाउनेगरी बजेट व्यवस्थापन गरिएको जानकारी दिएका थिए । रास्वपाले भने ६ कारण देखाउँदै सांसद विकास कोष खारेजीको माग गरेको हो ।

जसमा अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने, संघीयता र विशेष गरेर स्थानीय सरकारको अधिकार क्षेत्र मासिने, व्यक्ति पूजन संस्कृतिलाई बढ्वा दिने, भ्रष्टाचार बढ्नेलगायत कारण रहेका छन् ।

संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराइसकिएको प्रमुख सचेक सन्तोष परियारले जानकारी दिए ।

No description available.No description available.

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्