site stats
बाह्रखरी :: Baahrakhari
देश
तराईमा आगामी पाँच दिन लू चल्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनसम्म तराईका भूभागमा तातो हावा तथा लू लाग्ने सम्भावना रहेको जनाएको छ । 

केही दिनयता देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहति देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक रूपमा वृद्धि भइरहेको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाका अनुसार तराई भूभाग (विशेषगरी मध्य तराई र आसपास)मा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

महाशाखाले तराई भू–भागहरूमा आगामी  पाँच दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तातो हावा तथा लू कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ ।

महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीबाट सुझाव लिनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्