site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बचत फिर्ताको माग गर्दै सहकारीपीडित सडकमा

काठमाडौं । सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिको अगुवाइमा बचत फिर्ताको माग गर्दैै विरोध प्रदर्शन गरिएको छ ।

सहकारीबाट ठगिएका पीडित एक हुँदै त्यहाँ राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने मागसहित शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहकारीले खाएर भागेको बचत फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायको ढोकामा पुग्दा समेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको उनीहरूले बताए ।

संघर्ष समितिका अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकाय धाउँदा पनि कतैबाट सहयोग नपाएको बताइन् । त्यसपछि पीडित संयुक्त रूपमा सडक आन्दोलनमा उत्रिएको उनले उल्लेख गरिन् ।

सहकारीलाई नियन्त्रण गर्ने एउटा मात्र निकाय बनाउनुपर्नेमा उनले जोड दिइन् । अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ता एक ठाउँमा रहेको उनले बताइन् ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्