site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वमन्त्री पाण्डे परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना सन्देश पठाएका छन् ।

गत जेठ १३ गते पूर्वमन्त्री तथा सांसद पाण्डेको ७२ वर्षको उमेरका निधन भएको थियो । राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी भएको भन्दै पाण्डेबाट नेपाली समाजले प्रेरणा लिनसक्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कठोर पञ्चायत कालमा धेरैले आन्दोलनबारे सोच्न नसक्ने समयमा पाण्डेले आफूलाई लोकतन्त्रको आन्दोलनमा समाहित गरेर सबैलाई प्रेरित गरेको स्मरण गरेका छन् ।

“२०३६ सालको जनमत संग्रह घोषणा गराउन बाध्य पार्ने विद्यार्थी आन्दोलनमासमेत पाण्डेले नेतृत्वदायी भूमिका निर्वाह गरेको सो बेलाको विद्यार्थी आन्दोलनमा पाण्डे पक्राउ परेको मेरो मानसपटलमा अझै ताजै छ,” पौडेलले समवेदना सन्देशमा भनेका छन्, “विपी, गणेशमानजस्ता नेताहरूले प्रवासको जीवन भोगेको देखेपछि आफूमा थप विद्रोही भावना पलाएको भनेर बेलाबेलामा उहाँले हामीलाई सुनाउने गर्नुभएको थियो ।”

राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अवज्ञा र संज्ञाले पाण्डेको निवास गौशालामा पुगेर समवेदना सन्देश दिएका हुन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्