site stats
बाह्रखरी :: Baahrakhari
कला
कति गीत गाउँछिन् एक महिनामा समीक्षा ?

काठमाडौं । पछिल्लो समय समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक भइरहेका छन् । युट्युब च्यानलमा उनका गीत दिनकै सार्वजनिक भइरहेका हुन्छन् ।

उनी आफैँ पनि गीतका लिंक र रेकर्डिङ गर्दाका स्टुडियोका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन् । केही दिन अगाडि उनले एकै दिन सातवटा गीत रकेर्ड गरिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मासिक कति गीत रेकर्ड गर्छिन् समीक्षा ? “दैैनिक तीनदेखि पाँचवटासम्म गीत दैनिक रूपमा रेकर्ड भइरहेका छन्,” समीक्षा भन्छिन्, “कहिले धेरै हन्छ, कहिले थोरै औसतमा दिनमा चारवटा गीत रेकर्ड भइरहेका हुन्छन् ।” 

दिनमा चारवटा गीत रेकर्ड गर्दा मासिक १२० वटा गीत उनले रेकर्ड गर्छिन् । पछिल्लो समय उनी व्यस्त गायिका हुन् । उनी मेलामहोत्सवमा पनि व्यस्त छिन् । 

पछिल्लो समय समीक्षा पुरानै लयमा फर्किएकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०५:२५
प्रतिक्रिया दिनुहोस्