site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली जमिन जाँचिरहेका भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी पक्राउ
प्रतीकात्मक तस्बिर।

महेन्द्रनगर । बिनास्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जमिन नाप जाँच गरिरहेका भारतीय रिद्धिसिद्धि कन्सलटेन्सीका पाँचजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भारततर्फ सडक बनिरहेकाले यहाँ आएर जमिनको लेबल जाँच गर्न आएको भन्नेछ,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भने, “त्यसका लागि उनीहरू बिनाअनुमति आएको बुझियो । पक्राउ परेका पाँचजनालाई जिल्ला प्रशासन लगिएको छ ।”

जमिन नापजाँचका सामग्रीसहित लिएर आएका उनीहरूलाई स्थानीयले जमिन जाँच गरिरहेको देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २३:३१
प्रतिक्रिया दिनुहोस्