site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा संचालन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, बार्सिलोनामा अवस्थित युनिभर्सिटी अफ पम्पपेउ फाब्रा बार्सिलोलना स्कुल अफ मेनेजमेन्टको वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा संचालन गरिने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल केसी र आईआईएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्