site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयकलाई राजनीतिकरण नगरौँ : लिङ्देन
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयकलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा लिङ्देनले नेकपा (एमाले), राप्रपालगायतका प्रतिपक्षी दललाई नागरिकता विरोधी देखाएर सत्तापक्षले भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको भन्दै नागरिकता विधेयकलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नागरिकता विधेयकको प्रक्रियाका विषयमा मात्रै आफूहरुको सहमति भएको भन्दै उनले नागरिकताविहीनलाई नागरिकता दिनुपर्नेमा कुनै दुविधा नरहेको जिकिर गरे ।

लिङ्देनले भारतलाई खुसी पार्नका लागि जानाजान नागरिकता विधेयक अघि बढाएको र अहिले अदालतबाट रोक्ने काम भएको उल्लेख गरे । उनले नागरिकता विधेयक सदनमा ल्याएर फास्ट ट्रयाकबाट अघि बढाउन तयार रहेको बताए ।

उनले मुलुकको परराष्ट्र नीति सत्ताकेन्द्रित भएको आरोप पनि लगाए । मुलुकको भूमि भारतले आफ्नो नक्सामा पार्दा पनि बोल्न नसक्ने र खुसी पार्न जे पनि गर्ने अवस्थाले मुलुकको परराष्ट्र नीति बलियो हुन नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्