site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गरे । "अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो भएन," उनले भने ।

उनले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गरे ।सत्तापक्षका सांसदहरूले नै आफ्ना मागहरू सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको उनले बताए ।

नेता कोइरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउने विषयकोे विरोध गरे । उनले सरकारले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदा कसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गरे ।

उनले देशले बाटो बिराएको जस्तो आफूलाई आभास भएको बताए । उनले मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहिनताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताए ।

"लोकतन्त्र भन्ने बित्तिकै जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहिनताको अन्त्य भएन भने लोकतन्त्र सुदृढ हुन सक्दैन । हामी लोकतन्त्रका कुरा गछौँ । नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो भनेर भनि रहेका छौँ । तर यो कुरामा खरो भएर नेपाली कांग्रेस उत्रन सकेन भने लोकतन्त्र सुदृढ हुन सक्दैन," उनले भने ।

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्