site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर शुक्रबार हुने
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।

मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम शुक्रबार हुने गरी निर्धारण गरेको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको उनले बताए । यो महिना भने समूह १ मा रहेका प्रतिनिधिसभा सदस्यहरुको पालो रहेको उनले जानकारी गराए ।

“सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको व्यहोरा जानकारी गराउँछु । नियमअनुसार प्रत्येक महिना प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा यसरी विभाजन गरिएको समूहमा रहेका सदस्यहरुले क्रमशः प्रश्न सोध्न सक्नुहुनेछ,” उनले भने, “र, समूह १ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै दिनको पाँच बजेभित्र प्रतिनिधिसभाको सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउँछु ।”

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्