site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेयर बालेनलाई सरकारको जवाफ– ‘स्टन्ट’भन्दा क्षेत्राधिकार बुझ्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिन्दी चलचित्र चल्न नदिने भनेपछि त्यसबारेमा चौतर्फी बहस भइरहेको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’मा सीता भारतको छोरी भनिएको भन्दै उक्त संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न नदिने मेयर बालेन्द्र शाह (बालेन)को अडान छ । यसबारेमा संघ सरकारले प्रतिक्रिया जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर अभिव्यक्ति दिनुपर्ने बताइन् । उनले ‘आदिपुरुष’का विषयमा सेन्सर बोर्डले काम गरिसकेको भन्दै अरूले ‘स्टन्ट’ गर्न नहुनेमा जोड दिइन् ।

“सबैले आ–आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक रूपले सबै हामी एकै ठाउँ छौँ । सीता नेपालको छोरी हुन् भन्ने कुरामा हामी कसैको दुई मत छैन । त्यो हटाइसकेको छ । अरू कुरामा सबैले आ–आफ्नो क्षेत्राधिकार बझ्नुपर्छ,” मन्त्री शर्माले भनिन्, “स्टन्ट र भावना मनोविज्ञानमा खेल्नेभन्दा पनि दीर्घकालीन समाधानको सोचमा जानुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालबाट हाम्रो कुरा अघि बढाइसकेका छौँ ।”

परराष्ट्र मन्त्रालयले नै अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्ध कायम गर्ने र छलफल गर्ने निकाय भएकाले त्यसबाटै अघि बढ्नुपर्ने उनले उल्लेख गरिन् । सेन्सर बोर्डले विवादास्पद संवाद हटाएर मात्र नेपालमा प्रदर्शनको अधिकार दिएको कुरा सबैले बुझ्नुपर्ने पनि उनले बताइन् ।

“चलचित्रको मूल भावबाटै हटाउनुपर्छ, भारतमा पनि चल्न दिनु हुँदैन भन्ने कुराचाहिँ कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न यो हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो । हामीले यस विषयमा परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेका छौँ,” मन्त्री शर्माले भनिन् ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्