site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनता बचाउने र राहत तथा उद्धारमा काम गरिरहेका छौँ : गृहमन्त्री 

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सरकारले अहिले जनता बचाउने र राहत उद्धार तथा कनेक्टिभिटी अघि बढाउने गरी काम गरिरहेको बताएका छन् ।

दिगो विकास तथा सुशासन समिति बैठकमा उनले यसपटक विपद्मा तत्काल ‘रेस्पोन्स’ गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सहसचिवको नेतृत्वमा कमान्ड पोस्ट तयार गरेका छौँ,” उनले भने, “११ स्थानमा मानवीय सहायता स्थल, २३ वटा डुंगा तयार राखेका छौँ, एम्बुलेन्स तथा आवश्यक तयारी छ ।”

हवाई उद्धारका लागि सेनाले तीनवटा हेलिकप्टर तयारी अवस्था राखेको भन्दै थप एक तयारीमा राख्ने उनले सुनाए ।

सामितिले विपद्मा परेका पूर्वी पहाडमा राहत उद्धार र पुनःस्थापना गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्