site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डिजिटल गभर्नेन्सले मात्र भ्रष्टाचारमुक्त समाज निर्माण हुन्छ : प्रधानमन्त्री  
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी काम म्यानुअल अर्थात् पुरातन पद्धती अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले डिजिटल गभर्नेन्सले मात्र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दाबी गरे ।
 
“सरकारी काम म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन,” उनले भने, “सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयास केन्द्रित छन् ।”

प्रधानमन्त्री प्रचण्डले पारदर्शी र जवाफदेही संरचना निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग महत्वपूर्ण हुने जिकिर गरे । 
“पारदर्शीता र जवाफदेहीतासँगै सुशासनका लागि पनि डिजिटल प्रविधि र यसको प्रयोग महत्वपूर्ण छ,” उनले थपे, “सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भूमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता हो ।”

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्