site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रहितको रक्षाका लागि सरकार संवेदनशील र प्रयत्नशील छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रहितको रक्षाका लागि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद अशोककुमार चौधरीले सीमाका सन्दर्भमा सोधेको प्रश्नमा प्रधानमन्त्री भने, “यो विषयमा सरकार गम्भीर रहेको छ । बोर्डरको विषय, नेपालको राष्ट्रिय स्वतन्त्रताको विषय, सार्भभौमिकताको विषय, भौगोलिक अखण्डता र सिमाना सुरक्षाको विषयमा एउटा बृहत्तर राष्ट्रिय एकता भएको कुरा स्पष्ट गर्न चाहन्छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सीमास्तभको नियमित मर्मत संरक्षण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।

“अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सुदृढ र प्रभावकारी बनाउन सीमास्तभहरुको नियमित मर्मत सम्भार गर्दैै जाने र बोर्डर आउट पोस्ट सुदृढीकरण र थप स्थानमा आउटपोस्ट निर्माण गर्दै लैजाने विषय उच्च प्राथमिकतामा रहेको छ,” उनले भने, “सोहीबमोजिम स्रोत, साधन र व्यवस्थापन गरिएको छ ।”

उनले स्थापना भएका २५० बोर्डर आउपोस्टमध्ये १२८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्षमा १० बोर्डर आउटपोस्ट निर्माण सम्पन्न हुने प्रधानमन्त्रीले जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्