site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघबाट सञ्चालन हुने पूर्व–पश्चिम राजमार्ग पथलैया–वीरगञ्ज करिडोर चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोसी–मरिन डाइभर्सन, वाग्मती कमला चन्द्रनहरलगायतका सिँचाइ आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरेर नै अगाडि बढाएको उनले बताए ।

तराई–मधेस समृद्धि कार्यक्रम, मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्गलगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तिनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए ।

मधेसमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने बृहत् प्रभावलाई समेत सकारात्मक रुपमा लिनुपर्ने उनले बताए । वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्