site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयातित आलु, प्याजमा कर लगाइएको हो : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघसहितको टोलीसँगको भेटमा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, "ज्येष्ठ १५ गते संसद्मा प्रस्तुत आर्थिक विधेयकमा आलु, प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रश्तुत गरिएको हो," उनले भने ।

उनले यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउने बताए । स्थानीय उत्पादनलाई महँगो नबनाउने उनको दाबी छ । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्