site stats
बाह्रखरी :: Baahrakhari
देश
महाकालीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने, सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । महाकाली र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भएको छ । केहीमा सतर्कता तहसम्म पुग्नसक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । 

केही साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कास्की, पर्वत, बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रूपन्देही, कपिलवस्तु, अर्घाखाँची आसपास भई बहने तथा केही साना नदीहरूमा आकस्मिक बहावको सम्भावना रहेको छ । 

प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने भएकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

मकवानपुर, संखुवासभा, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दैलेख, सुर्खेत, अछाम, बाजुरा आसपासका साना नदीहरूमा बहाव बढ्नसक्ने फ्ल्ड अलर्टले जनाएको छ । 

bb1687581390.jpg

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्