site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चिनियाँ राजदूतले पोखरामा उद्घाटन गरे नेटाका लागि सीजी मोटर्स शोरुम

काठमाडौ । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा ) को शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले शोरुमको उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा नेपालका लागि राजदूत चेन सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना दिएका छन् । उद्घाटन समारोहमा सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत अग्रवालले अब पोखराबासीले समेत सहज रुपमा नेटा भी विद्युतीय गाडी (ईभी) को अनुभव गरी खरिद गर्न सक्ने बताए ।

कार्यक्रममा राजदूत सङले  पोखराका लागि पहिलो ईभी ट्याक्सी साथै, पहिलो विद्युतीय माईक्रो बससमेत हस्तान्तरण गरेका थिए ।

पियोर ईभी प्लाटफर्ममा बनेको नेटा भीले फुल चार्जमा ३८० किमिको दूरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएको छ । १७० एम एम ग्राउन्ड क्लियरेन्स रहेको नेटा भी नेपालको बाटोका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सले जनाएको छ ।

यो किसिमको ग्राउन्ड क्लियरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ, जसले यसको गति र सन्तुलन कायम राख्छ । साथै, नेटा भी गाडि भित्र प्रदुषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ, जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भीमा विश्वको ठुलो ब्याट्री निर्माण कम्पनी सीएटीएल ब्याट्रीको प्रयोग भएको छ ।

सीजी मोटर्सले नेटा भीका साथै ईभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्