अर्थ व्यवसाय

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । बुधबार (असार ४) बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
आर्थिक वर्ष ०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीले गरेको छ ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्