site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सनराइज बैंकले दियो अंगभंग भएका व्यक्तिलाई कृत्रिम अंग
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मदेश प्रदेशको वीरगञ्जमा अंगभंग भएका २० जनालाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब, वीरगञ्जमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादवले सीएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगञ्ज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा. स्वास्वत प्रसादलाई कृत्रिम अंग खरिदका लागि दुई लाख ७५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, सिपमूलक तालिम, वित्तीय साक्षरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरूमा विभिन्न काम गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २३:५६
प्रतिक्रिया दिनुहोस्